काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । सोमबार राति हृदयघातबाट निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ओलीले आफ्नो लागि नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख र दुःखको साथी पनि रहेको स्मरण गराएका छन् ।
उनले लेखेका छन्-
मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !