काठमाडौं, भदौ २६ । नेकपा (एमाले) को आकस्मिक सचिवालय बैठक बस्दै छ। पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो।
एमाले सचिव योगेश भट्टराईका अनुसार अहिले बिहान ११ बजे पार्टी मुख्यालयमा सचिवालय बैठक बस्न लागेको हो । गयराति करिब साढे १ बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो। उनको पार्थीव शरीरलाई अहिले केहीबेरमा महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि पु¥याइदै छ।
यसैबीच, एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने भएको छ। एमालेले पार्टीका उपाध्यक्ष नेम्वाङको निधन भएपछि शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको हो ।