काठमाडौं, भदौ २६ । मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको ४४ वर्षको उमेरमा निधन भएको छ । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्यसमेत रहेकी उनको आज बिहान ८ः३० बजे निधन भएको हो ।
पाठेघरको मुखको क्यान्सरबाट दुई वर्षदेखि पीडित यादव १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियुमा उपचाररत थिइन् ।
प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले उनको आज बिहान निधन भएको बताए । यादव समानुपातिक सांसद हुन ।