Logo

अमेरिका उडे परराष्ट्रमन्त्री साउद



काठमाडौं,प २६ भदौ । परराष्ट्रमन्त्री एनपी साउद संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका छन्। आज (मंगलबार) बिहान मन्त्री साउद अमेरिका प्रस्थान गरेका हुन् । युएनको महासभागमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल यही भदौ ३० गते अमेरिका जाने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालको भ्रमण टोली जम्बो भएको आरोप लागेपछि प्रधानमन्त्री दाहालले भ्रमण दल सानो बनाउन निर्देशन दिएका छन् । यसअघि भ्रमण दलमा रहने भनेर नाम सार्वजनिक भएका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको नाम काटिएको छ ।



प्रतिक्रिया दिनुहोस्