- डा. ओममूर्ति अनिल
ब्लड प्रेसर हाई र लो को कारणले धेरै मानिसहरुलाई सताईरहेको छ । कतिपय मानिसहरुलाई औषधि सेवन गर्दा पनि केहि हदसम्म ठिक भएको हुदैँन । यस्तो अवस्थामा आफुलाई कस्तो लक्षण कस्तो बेलामा देखिएको छ भन्ने कुरा थाहा हुन जरुरी हुन्छ । ब्लड प्रेसर लो प्रायजसो आराम गरेको बेला वा घरमै रहेको बेलामा हुने गर्दछ । ब्लड प्रेसर हाई हिडिरहेको बेलामा वा कुनैपनि काम गरिरहेको बेलामा हुने गर्दछ ।
यदि घरमा ब्लड प्रेसर लो को लक्षण देखिएको छ भने अस्पतालमा हाई पनि देखाउन सक्छ । यस्तो बेलामा डक्टरले औषधिको मात्रा बढाउछन् र पछि झन् लो हुने समस्या देखिन्छ । यस्तो बेलामा औषधिको मात्रा कम गराउनु पर्छ । आफुलाई प्रेसर लो छ वा हाई छ, यसको लक्षणहरु कस्तो देखिएको छ भन्ने कुराको जानकारी हुन जरुरी हुन्छ । डाक्टर ओम मूर्ति अनिलका अनुसार ब्लड प्रेसर हाई र लो का लक्षणहरु निम्न रहेका छन् ।
ब्लड प्रेसर हाईको लक्षणहरु
- टाउकोको कुनैपनि भाग दुख्ने वा टाउको भारी हुने
- धेरै रिस उठ्ने
- हिडिरहेको बेलामा रिंगटा लाग्ने
- थोरै हिड्दापनि मुटु ढुकढुक हुनु
- स्वाँ स्वाँ हुनु
- छातीमा असजिलो हुनु
ब्लड प्रेसर लो को लक्षणहरु
शरीरमा पानी कम भएमा, व्रत बसेको बेलामा र गर्मीको समयमा पानीको मात्रा कम हुन्छ । यस्तो अवस्थामा बसेर उठ्दा दिमागमा रगत पुगेन भने बेहोस हुने गर्दछ । केहिबेरमै होस आउने गर्दछ । बेहोर भएको बेला बिरामीलाई बसाल्नाले फेरी बेहोस हुनसक्छ । त्यसैले बिरामीलाई एकछिन भुईमा सुताउने र चिसो पानि बिरामीको शरीरमा लगाइदिने । अलि ठिक भएपछि हल्का उठाउने र देब्रेतर्फ फर्काइ पानि पिउन दिने । ब्लड प्रेसर लो को लक्षणहरुमा,
- थकाई लाग्नु
- अल्छिपन बढ्नु
- बसेर एक्कासी उठ्दा रिंगटा लाग्नु
- शरीरमा एनर्जी नहुनु
- हिड्न मन नलाग्नु
- बसेर अचानक उठ्दा दिमाग र मुटुमा रक्त सञ्चार नभएर मुटु ढुकढुक हुनु ।