Logo

अन्तिम श्रद्धाञ्जलिका लागि सुवास नेम्वाङको पार्थिव शरिर पार्टी मुख्यालयमै, कुटनीतिक नियोगका प्रमुखहरुद्धारा श्रद्धाञ्जलि अर्पण



काठमाडौं, २६ भदौ । एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि पार्टी मुख्यालय च्यासलमा राखिएको छ। नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिनेहरुको घुईँचो लागेको छ।प्रायः सबै शीर्ष नेताहरु च्यासलमा पुगेर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै, नेपालस्थित् विभिन्न देशका नियोग प्रमुखहरुले पनि उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङदेखि नेपालका लागि स्विट्जरल्याण्डकी राजदूतसम्मले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । नेम्वाङको पार्थिव शरिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।  तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot