Logo

सुवासचन्द्र नेम्वाङको निधनको शोकमा आज सार्वजनिक बिदा



काठमाडौं, भदौ २७ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अहिले विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्तिम संस्कार गरिने भएको छ । सो अघि उनको शवयात्रा निकालिने एमालेले जनाएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार अहिले विहान बालुवाटारबाट शवयात्रा शिक्षण अस्पताल–महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही– चावहिल–गौशाला हुँदै पशुपति आर्यघाटमा लगिने छ ।

अन्तिम श्रद्धाञ्जलि अर्पणका लागि निजी सवारी साधन हुनेहरु शंखपार्क, धुम्बाराही र सवारी साधन नहुनेहरु गौशालाको वडा प्रहरी कार्यालय अगाडिबाट श्रद्धाञ्जलि अर्पण गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

नेम्वाङको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णयसहित सरकारले सार्वजनिक विदा पनि दिने निर्णय गरेको छ । नेता नेम्वाङको मंगलबार विहान १ः५० मिनेटमा निधन भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot