Logo

आफैँ असईको फुली लगाउने महानगरका ४२ हवल्दार निलम्बित



काठमाडौं, भदौ २८ । काठमाडौं महानगरपालिकाले आफैँ असईको फुली लगाउने ४२ जना नगर प्रहरीका हवल्दारलाई निलम्बन गरेको छ। गत असार २५ मा कामपाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो ।

ती हवल्दारले आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएपछि कामपाले कारबाहीस्वरुप निलम्बन गरेको हो ।

बुधबार उनीहरुलेअनुशासन विपरीत काम गरेको अभियोगमा सबै हवल्दारहरु निलम्बन गरेको कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot