Logo

अन्त्येष्टिका लागि निवासबाट सुरु भयो नेम्वाङको शवयात्रा



काठमाडौं,२८ भदौ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको शव अन्त्येष्टिका लागि बालुवाटारस्थित निजी निवासबाट निकालिएको छ । बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो ।

शव यात्रामा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक सहभागी छन् । बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिने नेकपा एमालेले जनाएको छ । नेम्वाङको आजै राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ ।

बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरू पनि उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot