Logo

मुम्बईमा विमान दुर्घटना हुँदा आठ जना घाइते



काठमाडौं, भदौ २९ । भारतको मुम्बइस्थित विमानस्थलमा भारी वर्षाका बीच बिहीबार साँझ एउटा सानो निजी विमान दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा ट्क्रिएको छ । दुर्घटनामा विमान चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए ।

दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि रोकिएको थियो जसका कारण उडान आगमन र प्रस्थानमा ढिलाइ भएको थियो ।

विमानस्थलले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ, “विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भीटी–डीबीएल लियरजेट ४५ विमान स्थानीय समयअनुसार साँझ ६ः४७ बजे धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot