Logo

राप्रपा नेपालले आज राजधानीमा विरोध प्रदर्शन गर्दै



काठमाडौं, भदौ २९ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज राजधानीमा विरोध प्रदर्शन गर्दैछ ।

संवैधानिक राजतन्त्रको पुर्नस्थापना, हिन्दु राष्ट्रको माग र संघियताको खारेजी तथा भ्रष्टचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार दिउँसो १ बजे भद्रकालीबाट सुरु हुने प्रदर्शन भृकुटीमण्डपमा आएर बिरोधसभामा परिणत हुनेछ । उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot