Logo

‘किलर माउन्टेन’ अर्थात मनासलु आरोहणका लागि २६६ जनाले लिए अनुमती



काठमाडौं, भदौ २९ । गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको सामागाउँमा रहेको मनासलु आरोहणका लागि दुई सय ६६ जनाले लिए अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शरद ऋतुका लागि २३ समूहबाट २०८ जना पुरुष र ५८ जना महिलाले आरोहणको अनुमति लिएका हुन् ।

विभागका अनुसार मनासलु हिमाल आरोहणका लागि सलामी दस्तुरबाट मात्रै दुई करोड ९८ लाख रुपैयाँ राजश्व सङ्कलन भएको जनाएको छ । आरोहणको लागि कामदारहरू मनासलु बेस क्याम्प पुगिसकेको छन् । मनासलु चुचुरोमा डोरी टाङने काम सकेपछि आरोहण सुरु हुन्छ ।

८,१६३ मिटर उचाइको मनासलु किलर माउन्टेनको रूपमा पनि परिचित छ । चुमनुब्री गाउँपालिका – १ सामागाउँमा रहेको मनासलु आरोहणको लागि गत वर्ष पनि चार सय बढीले अनुमति पाएका थिए । यस वर्षका
शरद ऋतुका लागि विभिन्न हिमाल आरोहणको लागि २८४ जनाले अनुमति लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्