Logo

गोपालमान श्रेष्ठद्वारा चिनियाँ राजदूतको अभिव्यक्तिको आलोचना (भिडिओसहित)



काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका शीर्ष नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले कांग्रेस सरकारबाट बाहिरिने कुरा आफूलाई थाहा नभएको स्पष्ट पारेका छन् । उनले आफूले सरकार कांग्रेसप्रति पूर्वाग्रही भएको भनेर कहीँ कतै नभनेको जिकिर गरे ।

आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सत्ता गठबन्धन परिवर्तन नहुने पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण देशको हितमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले यसपटक प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणको बेलामा चुच्चे नक्शाको बारेमा पनि कुरा उठाउनुपर्ने सुझाव दिए । उनले चीन र भारत दुवै देश नेपालका असल छिमेकी भएकाले दुवै देशसँग नेपालले सुमधुर सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिए ।

सो क्रममा उनले नेपालका लागि चिनियाँ राजदूतले नेपाल–भारत सम्बन्धको बारेमा बोलेको अभिव्यक्तिलाई लिएर पनि आलोचना गरे । उनले चिनियाँ राजदूतले त्यस्तो अभिव्यक्ति दिन नहुने थियो भन्ने टिप्पणी गरे । उनले भने,‘नेपाल र भारतबीचको सम्बन्धमा अर्को देशको राजदूतले बोल्नु भन्दापनि, उहाँले त हेरेर बस्ने कुरा हो । वक्तव्यवाजी गर्ने कुरा ठीक थिएन । उहाँले यो कुरा गर्नु हुँदैन थियो । उहाँ सच्निुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot