Logo

तिनकुनेमा हत्या गरिएका एकै परिवारका तीनसहित चारजनाकै सनाखत



काठमाडौं, भदौ ३० । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा चारजनाको हत्या भएको छ । हत्या हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् ।

मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा ७५ वर्षीया शुभद्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । कुमार दिव्य सः मिलको सुरक्षा गार्ड हुन् ।

गैरीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चारैजनाको शव फेला परेको हो । घटना गएराती करिव १२ बजे आसपास भएको प्रहरीको अनुमान छ ।

घटनाबारे अनुसन्धान भईरहेको र धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।घटनाको अनुसन्धानका लागि अहिले तालिमप्राप्त कुकुरसहित उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली अहिले घटनास्थलमा परिचालन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्