काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामनारायण बिडारीले रास्वपाका सभापति रवि लामिछाने चाँडै बिग्रिने दाबी गरेका छन् । उनले आफूले अहिलेसम्म रवि लामिछानेसँग प्रत्यक्ष भेटवार्ता भन नगरेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘रास्वपाका सभापति रवि लामिछानेसँग मेरो राम्रो सम्बन्ध छैन् । उहाँसँग मेरो अहिलेसम्म फेस टु फेस भेटवार्ता भएको छैन् । मेरो उहाँसँग काम परेको छैन् । उहाँको पनि मसँग काम परेको छैन् । तर मेरो विचारमा उहाँ पूराना नेताहरुभन्दापनि चाँडै बिग्रिनहुन्छ भन्ने आशंका छ ।’
उनले आफूले गरेका तर्क र भविष्यवाणी मिल्ने गरेको पनि दाबी गरे । उनले रवि लामिछानेलाई पत्याउने युवाहरुले चाँडै बडो नराम्रोसँग धोका खानेपनि जिकिर गरे । उनले रवि लामिछाने, राजेन्द्र लिङ्देन र कमल थापामध्ये आफूले राजेन्द्रलाई रुचाउने सुनाए ।