Logo

भारत उडे बाबुराम, साथमा छोरी मानुषी पनि



काठमाडौं, ३० भदौ । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भट्टराई नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणमा एक साता लामो भ्रमणका लागि भारत उडेका हुन् ।

उनी असोज ५ गते स्वेदश फर्किनेछन् । भट्टराईले भर्खरै सामाजिक सञ्जालमा नेपाल एयरलाईन्समार्फत बैंग्लोर उडेको तस्विर सार्वजनिक गरेका छन् । उनको साथमा छोरी मानुषी यमी पनि छिन् ।

भ्रमणका क्रममा भट्टराईले त्यहाँका नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्ने र नेपाली समु्दायको तिज विशेष कार्यक्रमहरुमा सहभागी हुने उनको सचिवालयले जनाएको छ । गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढका कार्यक्रम तय भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot