Logo

देशलाई अग्रगमनतर्फ लैजानेहरुबीचको ध्रुवीकरण अपरिहार्य : आजपा



काठमाडौं, ३० भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीको गण्डकी प्रदेशस्तरीय भेला सम्पन्न भएको छ । आज (शनिबार) पोखरामा भएको आजपाको प्रदेश कमिटीको ऐतिहासिक बैठकले मुलुकलाई अग्रगमनतर्फ लैजान चाहनेहरुबीच ध्रुवीकरण अपरिहार्य रहेको निश्कर्ष निकालेको छ। सो क्रममा विभिन्न पार्टी परित्याग गरेकालाई आजपाका अध्यक्ष प्रभु साहले आफ्नो पार्टीमा स्वागत गरेका थिए ।

यसरी पार्टी प्रवेश गर्नेहरुमा गोकुल बिक, स्वर्ण लामा, रामजी गुप्ता, ओमप्रकाश बिक, प्रकाश थापालगायत रहेका छन् । अध्यक्ष साहले नवप्रवेशीहरुलाई हार्दिक स्वागत, बधाई तथा थप उज्जवल राजनीतिक भविष्यको भव्य शुभकामना व्यक्त गरेका थिए । उक्त भेलालाई पार्टीका अध्यक्ष प्रभु साह, वरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद न्यौपाने, उपाध्यक्ष तिलक थापामगरलगायतले सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot