Logo

नेपाली सेनाले माग्यो सिरिया मिसनमा पठाउन करार चिकित्सक



काठमाडौं, भदौ ३१। नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ । जंगी अड्डाले आज एक सूचना जारी गर्दै सिरिया मिसनमा पठाउनका लागि जनरल सर्जन माग गरेको हो ।

योग्यता पुगेका इच्छुकले भदौ ३१ गतेबाट असोज १४ गतेसम्म निवेदन दिन सक्ने जंगी अड्डाले जानकारी दिएको छ । करार सेवा अवधि १ वर्षको रहने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot