Logo

पशुपतिनाथ मन्दिरको मूल प्रांगणभित्र फोटो र भिडियो खिचे मोबाइल जफत !



काठमाडौं, १ असोज ।  नेपाली नारीहरुको महान् चाड तीजमा पशुपतिनाथको दर्शन यसपल्ट विगतभन्दा सहज देखिएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका तीन वटा ढोका खुलेका छन् । भक्तजनको जुत्ता चप्पल नहराओस् भनेर जुन ढोकाबाट दर्शन गर्न गएको हो, त्यही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ ।
पशुपतिनाथ मन्दिरमा नारी भक्तजनको सहभागिता भव्य, सभ्य र दिव्य रहेको पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । उनका अनुसार यसपटक नेवार जातिको महिलाको सहभागिता बढी छ । तराईका महिलाका साथै छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट आएका महिला साडी चोली लगाएर भजन कीर्तिमान नाच्दै हिँडेको देखिन्छ ।
पशुपतिनाथ दर्शनका क्रममा नारीहरुलाई स्वास्थ्य समस्या नहोस् भनेर खोलापारि खोलापारि स्वास्थ्य शिविर राखिएको छ । स्थानीय क्लबहरुले यसमा सहयोग गरिरहेका छन् । विगतका कमीकमजारीबाट पाठ सिकेर महिला सुरक्षाकर्मीको परिचालन गरिएको छ । महिलाको संवेदनशीलता महिलाले नै बुझ्ने भएकाले त्यसो गरिएको खतिवडाले बताए । सूचना संयन्त्रलाई चुस्त दुरुस्त पारिएको छ । विगतको भन्दा व्यवस्थित रहेको छ ।
कोषले मन्दिर मूल प्रांगणभित्र मोबाइल र क्यामराबाट फोटो, भिडियो लिन निषेध गरेको छ । फोटो र भिडियो खिचे मोबाइल र क्यामरा जफत हुने खतिवडाले सुनाए । त्यसैले मोबाइल अफ गरेर मात्र भित्र जान दिइन्छ । यति मात्र होइन मूल प्रांगणमा बोल्न समेत निषेध गरिएको छ । नाचगानका लागि कोर क्षेत्र तोकिएको छ । कोषले यसपटक अशक्त र वृद्धावृद्धालाई ह्वीलचेयरको व्यवस्था गरेको छ । उनीहरु पशुपतिनाथ दर्शनका लागि लाइन बस्नु पर्दैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot