Logo

व्यवस्था बदलियो, महिलाको अवस्था बदलिएन : कांग्रेस नेतृ



काठमाडौं, १ असोज । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले व्यवस्था बदलिए पनि महिलाको अवस्था नबदलिएको बताएकी छन् ।
‘समाज अहिले पनि पितृसत्तात्मक छ । व्यवस्था बदलिएको छ, महिलाको अवस्था बदलिएको छैन । एक्काइसौं शताब्दीमा पनि महिलामाथि हिंसा र बलात्कार भइरहेको छ । दमन र उत्पीडन छ । नेपालकै सुदूरपश्चिममा छाउपडी प्रथा छ, तराईमा बोक्सी र दाइजो प्रथा छ । लैंगिक विभेद अन्त्य भएको छैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भनिन् ।
डा. संग्रौलाले महिला सशक्तीकरणका निम्ति महिलालाई शिक्षा, रोजगारी, उद्यम, स्वास्थ्यसँग जोड्नुपर्ने औंल्याइन् । उनले तीज खर्चिलो, भड्किलो नहोस् भनेर संयम अपनाउनुपर्ने पनि बताइन् । फलफूल, सर्वत खाएर वा खाली पेट बस्नु पनि स्वास्थ्यका लागि फाइदा हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot