Logo

नेसनल प्याब्सन भक्तपुरको छैटौं जिल्ला अधिवेशन सम्पन्न (तस्विरहरु)



काठमाडौं, असोज ३ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पुनः संजय खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालक, प्रिन्सिपल संजय खड्काको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शिव कृष्ण कवां र उपाध्यक्षमा राम प्रसाद खाताखोलाई निर्वाचित गरेको छ भने सचिवमा कुमार थापा मगर र सहसचिवमा दिनेश शाक्य निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा बिक्रम थापा र सह(कोषाध्यक्षमा रत्नबहादुर राई निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा भने प्रतिमा माक, सुमन शिल्पकार, कमल सुवाल, रमेश प्रसाद सिटौला, शर्मिला खड्का र अशोक श्रेष्ठ रहेका छन् । अधिवेशनको बन्द सत्रबाट कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

शनिवार बिहान नगरकोट स्थित हिमालयन ग्लासियरमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष हमालले नेशनल प्याब्सनले विद्यालय संचालकका समस्याहरु समाधान गर्न र देशमा शिक्षाको जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको जिकिर गरे ।

उनले भक्तपुर जिल्ला शाखामा सबैभन्दा एकताबद्ध रहेको प्रति सन्तोष व्यक्त गर्दै एकतामा नै बल हुने बताए । सदस्यहरुको समस्या र शिक्षाको समस्या सामाधान गर्न जिल्लालाई केन्द्रले सहयोग गर्ने बताउदै उनले केन्द्र पनि आफ्ना शाखा र सदस्यहरुको सक्रियताले नै सक्षम र जीवन्त बन्ने बिचार व्यक्त गरेका थिए । उक्त अवसरमा भक्तपुरका सास्कृतिक सम्पदा संरक्षणविद् रविन्द्र पुरीलाई विशेष सम्मान समेत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot