Logo

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन छलफलका एजेन्डा



काठमाडौं, असोज ४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्न लागेको हो ।

यसअघि बैठक असोज २ गतेका लागि तय भएको थियो । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरि बैठक आजका लागि सारेका थिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ । बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ । महासमिति बैठक मंसिर १३ देखि १५ सम्म बोलाइएको छ ।

बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot