Logo

सरकारलाई विष्णु पौडेलको प्रश्न : आन्दोलनरत शिक्षक समूदायसँग सम्वादबाट समाधान खोज्ने हैसियत गुमाएकै हो ?



काठमाडौं, ४ असोज । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले आन्दोलनरत शिक्षक समुदायसंग सार्थक संवाद गर्ने र संवादबाट समाधान खोज्ने हैसियत गुमाएकै हो ? भनेर प्रश्न सोधेका छन् । उनले वार्ताका लागि सरकारले गरेको आव्हान अरण्य रोदन सावित भएकै हो ? भन्दै अर्को प्रश्नपनि तेर्साएका छन् ।

पौडेलले कानुन निर्माण गर्नुपूर्व सम्बन्धित समुदायलाई विश्वासमा लिने न्यूनतम कर्तव्य वर्तमान सरकारले निर्वाह नगरेको आरोप लगाए । तथापि, सहमति र समाधान खोज्ने संकल्पका साथ सरकार र आन्दोलनका प्रतिनिधिहरूबीच अविलम्ब वार्ता हुनुपर्ने उनको माग छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot