Logo

साफ यू–१९ च्याम्पियनसिपः पहिलो हाफमा नेपाल र पाकिस्तान गोलरहित बराबरीमा



काठमाडौं,४ असोज । साफ यू–१९ च्याम्पियनसिपको खेलमा नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी सकिएको छ ।

त्रिपुरेश्वरस्थिन दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाकिस्तानले घरेलु टिमविरुद्ध निरन्तर दबाब बनाए पनि अग्रता बनाउन भने सकेन ।

पहिलो हाफमा पाकिस्तानले नेपालमाथि दबाब बढाएको छ । उसले दुइटा वान भर्सेस वान अवसरसमेत गुमाएको छ । नेपालले भने पाकिस्तानको गोल पोस्टमा उत्कृष्ट प्रहार गर्न सकेको छैन ।

नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्ससँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot