Logo

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निश्कर्षविहीन



काठमाडौँ, ४ असोज । आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह मन्त्रालयमा भएको वार्ता बिनानिश्कर्ष सकिएको छ । वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।

त्यस्तै शिक्षकको तर्फबाट शिक्षक महासङ्घका पदाधिकारीहरू थिए । तर, अहिलेको वार्ता निश्कर्षमा नपुगी सकिएको हो । उनीहरु निर्णायक वार्ताको लागि भोलि विहान पुनः बस्ने जनाईएको छ । सरकारी पक्षले भने आज विहान र बेलुका बसेको वार्ता बैठकलाईपनि सकारात्मक रुपमा लिएको छ।

सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका हुन् ।शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौँमा आन्दोलन गर्दै आएको छ । शिक्षकले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्