Logo

सर्लाहीमा फेरि तनाव, हिन्दू युवाहरुमाथि सांघातिक हमला भएको आरोप



काठमाडौं, ४ असोज । सर्लाहीमा एक साता नबित्दै फेरि तनावपूर्ण अवस्था सिर्जना भएको छ । सर्लाहीको मलंगवा वडा नम्बर ३ मा गणेशको मूर्ती सेलाउने क्रममा हिन्दू युवाहरुमाथि सांघातिक हमला भएको छ। हिन्दू सम्राट सेनाका उपाध्यक्ष कृष्णा यादवले हिन्दू युवाहरुमाथि मुस्लिमहरुले सांघातिक आक्रमण गरेको दाबी गरेका छन् । उनले हिन्दु युवामाथि ज्यान मार्ने उद्देश्यले चक्कु समेत प्रहार गरिएको जानकारी दिए ।

गम्भीर घाइते हुनेमा मलंगवा ७ का रुपेश यादव छन् । उनको चक्कु प्रहारले गर्दा आन्द्रा र भुँडी नै बाहिर निस्किएको छ । अहिले उनलाई सर्लाही हस्पिटलबाट जनकपुर प्रादेशिक अस्पतालमा रेफर गरिएको छ । उक्त घटनामा दर्जन बढि व्यक्तिहरु घाइते भएका छन् । तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।

यसरी घाइते हुनेरुमा आशिष सिन्हा (मलंगवा), उमेंश साहनी (मलंगवा), बलिराम, रुपेश यादव (मलंगवा ७), विशाल कुमार साह (मलंगवा २), विक्रन्त गुप्ता (मलंगवा ३) र रामेश्वर यादव (मलंगवा ५) रहेका छन् । यसअघि सर्लाहीमा नै कृष्णा यादवमाथि सांघातिक हमला भएको थियो । उनलाई हाल काठमाडौंमा राखेर उपचार गराईएको छ । अस्पतालबाट डिस्चार्ज भएपनि कृष्णा चिकित्सकको निरन्तर निगरानीमा छन् ।



प्रतिक्रिया दिनुहोस्