Logo

सरकार र शिक्षक महासङ्घबीच आज औपचारिक वार्ता हुँदै



काठमाडौं, असोज ५ । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच बिहिबार भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको छ । यसअघि विहिार राती बसेको दोस्रो वार्ता पनि निष्कर्षविहीन भएपछि सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज औपचारिक वार्ता हुँदै छ ।

कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको बिहिबारको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए।

“सकारात्मक छलफल भएको छ । बिहानको भन्दा अहिले बुँदागत रुपमा छलफल भएको छ । उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर छलफल भएको हो । शुक्रबार छलफल सकरात्मक ढङ्गले टुङ्गिन्छ”, उनले भने

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताएका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि वार्तामा सहभागी रहेका थिए।

शिक्षक महासङ्घ र सरकारका बीच बिहिबार बिहान पनि वार्ता भएकोमा सहमति जुट्न सकेको थिएन ।



प्रतिक्रिया दिनुहोस्