Logo

बाँकेको बाल सुधार गृहमा झडप : एक जनाको मृत्यु, १० जना घाइते



बाँके, असोज ५। बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबिच झडपमा एक जनाको मृत्यु भएको छ । विहिबार राती भएको झडपमा १० जना गम्भीर घाइते भएका छन् ।

बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरका अनुसार दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । बाल सुधार गृहमा पटक–पटक झडप हुँदै आएको छ । बाल सुधार गृहभित्र राती झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या भएको थियो । भित्रको अवस्थाबारे अहिलेसम्म पनि यकिन भएको छैन ।



प्रतिक्रिया दिनुहोस्