Logo

पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन



काठमाडौं, असोज ५ । पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ । भट्टको क्यान्सर रोगको उपचारका क्रममा विहिबार राती वीर अस्पतालमा निधन भएको हो ।

२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका मायालु गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् ।

रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो ।

उनी २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए। पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा उनी पटकपटक जेलसमेत परेका थिए ।



प्रतिक्रिया दिनुहोस्