Logo

क्यानको अध्यक्षमा चतुरलाई विनयको टक्कर, सचिवमा पारसको संभावना



काठमाडौं,५ असोज । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्व चयनका लागि आजबाट प्रक्रिया सुरु भएको छ । नयाँ नेतृत्व छनाट गर्न आजबाट अधिवेशन सुरु भएको छ । आजबाट सुरु अधिवेशनमा आज उद्धघाटनसत्र र बन्दसत्र सुरु हुनेछ भने । भोलि नयाँ नेतृत्वका लाग निर्वाचन हुनेछ । क्यानको १७ सदस्यीय कार्यसमितिका लागि ८६ जनाले मतदान गर्नेछन् ।

क्यानको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिस्पर्धा हुने भएको छ । क्यानको नेतृत्वमा रहेका चन्दले पुनः एक कार्यकाल दोहोरिने इच्छा राखेका छन् भने, राजभण्डारीले चन्द नेतृत्वको टिमलाई असफल भन्दै उम्मेदवारी घोषणा गरेका छन् ।

नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका राजभण्डारी क्यानको बर्दिया जिल्ला अध्यक्ष हुन । क्यानको नेतृत्वका लागि हालका कोषाध्यक्ष रोशन सिंह र बागमती प्रदेश अध्यक्ष तथा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले पनि आकांक्षा राखेका थिए । तर उनीहरु दुबैले अध्यक्षमा चन्दलाई समर्थन जनाएका छन् । क्यान निकट स्रोतका अनुसार चन्दकै समूहबाट खड्काले सचिव र सिहंले कोषाध्यक्ष वा उपाध्यक्षमध्र्ये एक पदमा उम्मेदवारी दिने सहमति भएको छ ।

क्रिकेट क्षेत्रमा दुई दशकदेखि सक्रिय रहेका चन्द नेपाली कांग्रेसका नेतासमेत हुन् । उनी बैतडी कांग्रेसका वर्तमान सभापतिसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot