Logo

डिला संग्रौलाको आरोप : माओवादी केन्द्र एक्लै अगाडि बढ्न खोजेको देखिन्छ (भिडिओसहित)



काठमाडौं, ५ असोज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सरकारको नेतृत्व गरेको माओवादी केन्द्र एक्लै हिँड्न खोजेको आरोप लगाएकी छिन् । उनले सरकारमा आफ्नो दल पनि रहेको भएपनि सरकार भने आफूहरुको नभएको टिप्पणी गरिन् । आज (शुक्रबार) पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले पछिल्लो समय सरकार परिवर्तनको हल्ला चलिरहेको भएरहेको भन्दै सभापति शेरबहादुर देउवासँग जवाफ पनि मागेकी छिन् । बैठकमा बोल्ने क्रममा संग्रौलाले भनिन्, ‘अहिले फेरि सरकार परिवर्तन, मन्त्रीहरु हेरफेर जस्ता कुराहरु आइरहेका छन् यस विषयमा पनि सभापति र पदाधिकारीहरुले प्रष्टसँग जवाफ दिनुपर्छ ।’

संसद्मा तेस्रो दल भएको माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको स्मरण गराउँदै उनले भनिन्–‘सरकारमा हामी पनि छौं । तर, जनताले आफ्नो सरकार भनेर अनुभूति गर्न सकेका छैनन् । हामी जवाफदेही र जिम्मेवार बन्नुपर्छ ।’ उनले अहिले देशको आर्थिक अवस्था जर्जर रहेको सुनाईन् । कोभिडपछि धेरै उद्योगहरु बन्द भएको र अहिलेसम्म उठ्न नसकेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्