काठमाडौं,५ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सरकारले संसद्मा दर्ता गराएको नयाँ शिक्षा विधेयक संघीयता विरोधी भएको बताएका छ्न ।
शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सुवालले शिक्षा विधेयकका कारण सिकाउने शिक्षक सडकमा र सिक्ने विद्यार्थी विदेशमा जानुपनेृ अवस्था सिर्जना भएको बताए । उनले शिक्षकहरुले उठाएका जायज माग तत्काल सम्बोधन गर्न निर्देशन दिन समिति समक्ष माग गरे ।
उनले भने, ‘सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा छन्। शिक्षा विधेयकको विरोधको नाममा सडक अवरोध भएको छ। विधेयकमा केही विषय आपत्तिजनक भनेको छ। जस्तो स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुनः स्थापित गर्ने यो संघीयता विरोधी भयो भनेर आएको छ।’
सुवालले सरकारले दर्ता गरेको विधेयक संघीयता विरोधी रहेको र विधेयकले वाक स्वतन्त्रताको रक्षा पनि नगर्ने दाबी गरेका छ्न । उनले भने, ‘राजनीति गर्न नपाइने भन्ने लेखेको छ। राजनीति गर्न नपाउने भनेर कतिले ठिक छ भने कतिले ठिक छैन भने। भ्रष्टाचार गर्नु हुँदैन भन्ने पनि राजनीति हो। त्यसकारण यो संघीयता विरोधी भयो। अर्को राजनीतिको नाउँमा वाक स्वतन्त्रता पनि हनन हुने खालको भयो।’ file photo