काठमाडौं, असोज ६ । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । शुक्रबार साधरण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले आज निर्वाचन गराउनेछ । क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
जसअनुसार नयाँ नेतृत्वका लागि अहिले विहान ११ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुँदैछ ११ः४० बजेसम्म उम्मेदवारको मनोनयन उपर उजुर र छानविनको समयसिमा तोकिएको छ ।
उम्मेदवारी दिएका उम्मेदवारले नाम फिर्ता लिन चाहाने उम्मेदवारले बिहान ११ः५५ बजेसम्म फिर्ता लिई सक्नु पर्नेछ । यसपछि मात्रै उम्मेदवानरको अन्तिम नामावली प्रकाशन गरिने र मतदान प्रक्रिया सुरु हुनेछ ।
भावी नेतृत्वका लागि आज हुने क्यानको निर्वाचनमा कुल ८४ मत रहेको छ । कुनैपनि उम्मेदवारले प्रमुख पद जित्नका लागि ४३ मत मात्रै ल्याउन सकेमा बिजयी हुनेछ ।