Logo

कल्पित कोशी प्रदेशकै पहिलो शिव मन्दिर निर्माण कार्यमा सक्रिय



काठमाडौं, ६ असोज । बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माणमा जुटेका क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ,परिकल्पनाकार रंङ्गकर्मी माधब कल्पित अहिले इलामको सन्दकपुर गाउँपालिका वडा न .३ तालगाउँमा कोशी प्रदेशकै पहिलो अत्रेश्वर शिव मन्दिर निर्माण कार्यमा सक्रिय रुपमा लाग्नु भएको छ ।

धार्मिक तथा साँस्कृतिक धरोहरलाइ बचाइ राख्ने उद्देश्यका साथ सडक देखि सदन सम्म एक इट्टा माग्दै हिडेका कल्पित अहिले आफ्नै जन्म थलो साबिक सुलुबुङ्ग -५ तालगाउमा आफुलगायत परिवारको तर्फबाट मन्दिर निर्माणका लागि करिव २० लाख मूल्य बराबरको २ रोपनि जग्गा निशुल्क प्रदान गरि निर्माण कार्यमा निरन्तर  जुटिरहेको कुरा निर्माण समितिका सचिव गोपाल खतिवडा ले जानकारी दिनुभएको छ ।

बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर प्रबेश द्वार बिर्तामोड १ देवी पञ्चकन्यामा क्षितिज नाट्य प्रतिष्ठानको समेत सहकार्यमा करिव ३ बर्ष  अघि ३८ फुट अग्लो सम्भवत कोशी प्रदेशकै पहिलो शिव प्रतिमा अनावरण भएको छ भने इलामको सन्दकपुर ३ मा बन्न लागेको सो मन्दिरमा ४२ फुट अग्लो भगवान शिवको मुर्ति निर्माण गरिने अभियन्ता कल्पितले जनकारी दिनुभएको छ ।

आफ्ना स्वर्गबाशी पिता अभिचन्द्र खतिवडा र माता रत्नकुमारी खतिवडाको नाममा गठित अभिरत्न स्मृति प्रतिष्ठानका सदस्य सन्ततिहरु डिल्लीराम खतिवडा, यादव प्रसाद खतिवडा , रुद्रप्रसाद खतिवडा र माधब कल्पितले खरिद गरि मन्दिर निर्माणका लागि गत एक बर्ष अगाडि नै समितिलाई जमिन हस्तान्तरण गरिएको भए पनि आवश्यक श्रोत र साधन काे अभाबमा मन्दिरले पुर्णता पाउन सकेको थिएन ।

मिति २०८० सालको बिजया दशमी पुर्व मन्दिरको निर्माणकार्य सम्पन्न गरि घटस्थापनाका दिन सो क्षेत्रका ५ सय घर परिवारकाे सामुहिक कलस यात्रा सहित सो स्थानमा ५ सय परिवारबाट सामुहिक जमरा राख्दै  नौ दिन सम्म शक्तिस्वरुपिणी माता देवी भगवतीको पुजाआराधना गर्ने, देवी देवताको बैधिक विधि अनुसार प्राणप्रतिष्ठा भर्ने र दशमीको दिन समाजमा तल्लो जाति भनेर उपेक्षा गरिएको जेष्ठ नागरिकको खोज पहिचान गरि वहाँको  हातबाट सबैले सामुहिक टीका ग्रहण गरि मन्दिरको पुजा बिधिलाइ सार्वजनिक गर्ने कल्पित बताउनु भयाे।

पबित्र देवस्थल तथा माइपोखरी ,माइनदिको शिर तथा पर्यटकीय क्षेत्र सुर्योदयको पहिलो स्थल सन्दकपुरको काखमा अबस्थित यो स्थान अहिलेसम्म बिकास निर्माण र धार्मिक पर्यटकीय हिसावले पनि सरकारको नजरमा पर्न नसकेका कारण स्थानिय धर्मानुरागी भक्तजनहरुको चाहना र भावनाको उच्चकदर गर्दै आफु मन्दिर निर्माणमा जग्गा समेत दान दिदै लागि परेको उनको भनाइ रहेको छ ।

करिव ५० लाखको लगानीमा निर्माण गरिने उक्त मन्दिरको सबै भन्दा ठुलो आकर्षण भनेको ४२ फुट अग्लो शिवको प्रतिमा हो जुन अनावरण पश्चात सो क्षेत्रका माइपोखरी , सुलुबुङ्ग, जमुना, माबु, माइमजुवा, प्याङ्ग नाम्सालिङ्ग सिरिसे सुम्बेक लगायतका क्षेत्रबाट देख्न सकिनुका साथै यसबाट आन्तरीक तथा बाह्य पर्यटन प्रबद्र्धनमा समेत योगदान पुग्ने  र सो क्षेत्रका भक्तजनको समेत धार्मिक आस्थाको  चाहना पूरा हुन सक्ने निमार्ण पक्षको दावी रहेको छ ।

४२ फुट शिव जि को प्रतिमा अनावरणका  दानवीर दाताको लागि झापा जिल्ला दमक नगरपालिका निवासी  सामाजिक तथा धार्मिक ब्यक्तित्व आदरणीय लक्ष्मी प्रसाद संग्रौला, साँङ्गबेद संस्कृति बिद्यालय चारपानेका ब्यासाचार्य किशोर गौतम, अर्जुनधारा जलेश्वर धामका अध्यक्ष धार्मिक ब्यक्तित्व नवीन गट्टानी लगायतका दानवीरहरु समक्ष छलफल भइ रहेको  र पबित्र कार्यले पुर्णता पाउनेमा  आशावादी रहेको कल्पितले बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot