Logo

एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा एशिया र अमेरिका क्षेत्रको भ्रमणपछि कर्मभूमि कतारमा



दोहा, ६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार(आरके) शर्मा एक साताको अमेरिका र क्यानडा भ्रमणपछि कतार फर्केका छन ।

गैरआवासीय अभियानमा अमेरिका क्षेत्रमा बस्ने अभियन्तासँग आफ्नो पक्षमा समर्थन जुटाउन र अध्यक्षका रूपमा अगाडि सार्नुपर्ने भावी कार्यक्रमको बारेमा सल्लाह र सुझाव लिन शर्मा अमेरिका क्षेत्रको भ्रमणमा निस्केका थिए ।
अमेरिका भ्रमणपछि कर्मभूमि कतार आइपुग्दा शर्मालाई विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूले स्वागत गरेका छन ।


शर्माले केही दिनभित्रमा आफ्नो स्पष्ट र योजना सहित अध्यक्षमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने जानकारी गराएका छन । २ वर्षे कार्यकालमा अध्यक्षमा निर्वाचित भएपछि गर्ने कामको योजना शर्माले उम्मेदवारी घोषणा सभामा गर्ने छन । शर्माले एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएसँगै विश्वका करिब सबै क्षेत्रको भ्रमण गरेका छन ।

शर्माले विश्वका सबै क्षेत्रमा बस्ने नेपालीहरूसँग लिएको सल्लाह र सुझावको आधारमा आफ्ना कार्यक्रमहरू समेट्ने बताए । शर्मा एनआरएनए जापान,कोरिया,हङकङ, क्यानडा र अमेरिकाले गरेका विभिन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भएर कतार फर्किएका हुन ।

एशिया र अमेरिका क्षेत्रको भ्रमणपछि शर्माले उत्साहित हुंदै आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित भएको बताए । अधिवेसन सम्पन्न भएका ५९ एनसिसी मध्य प्राय सबैमा आफै पुगेका शर्माको पक्षमा अहिले राम्रो माहोल बनेको छ । एनआरएनए अभियन्ता र डेलिगेट्सहरु शर्माप्रति सकारात्मक रहेको एनआरएन अभियन्ताहरूले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot