Logo

धनगढीमा दुई करोड लगानीमा डर्म डाईनामिक्स क्लिनिक सञ्चालनमा



काठमाडौं, ६ असोज । कैलाीको धनगढीमा दुई करोड लगानीमा डर्म डाईनामिक्स क्लिनिक संचालनमा आएको छ । आज (शनिबार) एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदले उक्त क्लिनिकको उद्घाटन गरेका हुन् । डर्म डाईनामिक्स स्किन हेयर एण्ड लेजर क्लिनिक सञ्चालनमा आएको छ । छाला, कपाल र यौन रोगसम्बन्धी विरामीलाई लक्षित गरी धनगढीको न्यु रोड तारानगरमा उक्त क्लिनिक सञ्चालनमा आएको हो ।

क्लिनिक भने यौन, छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा. अनिलकुमार भट्ट र डा. उमा केयालले संचालनमा ल्याएका हुन् । डण्डीफोर, चाया, पोतो, दाद, उकुच, मुसा, मासु पलाएको, यौन रोग, दुबी, कत्ले रोग, ट्याटु हटाउने, छाला तन्काउने र कसिलो बनौउने, कपाल झर्नेलगायत सम्पूर्ण छाला र यौनसम्बन्धी समस्या हुनेहरुलाई सेवा दिने उद्धेश्यले आफूहरुले क्लिनिक संचालनमा ल्याएको डा. भट्टको भनाई छ ।

उनकाअनुसार क्लिनिकमा सौन्दर्य सम्बन्धी हाइड्रा फेसियल, भ्याम्पाएर फेसियल, मेडी पिल, पिआरपि, कार्बन लेजर पिलसम्बनधी सेवा आधुनिक लेजर प्रविधिबाट दिईनेछ । नेपालमै नाम कमाएका यौन, छाला तथा सौन्दर्य रोग बिशषेज्ञ डाक्टर अनिलकुमार भट्टले काठमाण्डौको कुमारीपाटीमा पनि मुख्य क्लिनिक संचालनमा ल्याएका छन् । सोही क्लिनिकको धनगढीमा शाखा संचालनमा ल्याएको उनले बताए ।

उनले मुनाफा भन्दा पनि आफ्नो क्षेत्रमा यसको सम्भावना छ भनेर पहिचान गराउन क्लिनिक स्थापना गरेको स्पष्ट पारे । डा. भट्टले भने–‘आफ्नो ज्ञान सुदूरपश्चिमका नागरिकलाई पनि दिने उदेश्य हो ।’

उनले आफ्नो छालाको हेरचाह सुरुवात देखिनै गरे ठूलो समस्या ननिम्तिने स्पष्ट पारे । उनले विज्ञ चिकित्सकद्वारा आवश्यक परामर्श र सेवा लिई अनुहारमा चमकता कायम राख्न अनुरोध गरे । उनले केन्द्रीय क्लिनिक काठमाण्डौको कुमारीपाटीमा संचालनमा रहेकोले त्यसको शाखा पोखरामा र अहिले धनगढीमा ल्याएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot