Logo

बोल्ने र श्रवण–शक्ति नभएका महिला कर्मचारीद्वारा सञ्चालित केएफसी रेष्टुरेन्ट कलंकीमा खुल्यो



काठमाडौं, ६ असोज । काठमाडौंको कलंकीमा केएफसी रेष्टुरेन्ट खुलेको छ। सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा देवयानी इन्टरनेशनल नेपाल प्रालिले विशेष रूपमा बोल्ने र श्रवण–शक्ति नभएका महिला कर्मचारीद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी सञ्चालनमा ल्याएको हो ।

रेस्टुरेन्टमा त्यस्ता फरक क्षमता भएका जोशपूर्ण र समर्पित महिलाहरुको टोली सम्पूर्ण रेस्टुरेन्ट व्यवस्थापन गर्न सीपहरूले प्रशिक्षित छ । उक्त पहल देवयानी इन्टरनेशनल नेपाल र केएफसीले सबैका लागि समान अवसरहरू सिर्जना गर्ने यात्रामा एक महत्वपूर्ण रहेको बताएको छ ।

विशेष टोलीको उत्साह र समर्पणले अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको भावनालाई स्वरूप दिने कम्पनीले बताएको छ । केएफसी इन्डिया र नेपालका सीईओ रजत लुथराले बोल्ने र श्रवणशक्ति नभएका महिलाहरूद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट खुलेको बताए ।

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउँदै देवयानी इन्टरनेशनल लिमिटेडले विशेष रूपमा बोल्ने र सुन्ने क्षमता नभएका व्यक्तिहरूका लागि रोजगारीका अवसरहरू विस्तार गर्ने र आगामी वर्षहरूमा त्यस्ता रेस्टुरेन्टहरू थप्ने बताएको छ । केएफसी एक विश्वव्यापी चिकन रेस्टुरेन्ट ब्रान्ड हो । जसको सफलता र नवप्रवर्तनको समृद्ध, दशक लामो इतिहास छ ।

यो सबै एक कुक, कर्नल हार्ल्यान्ड स्यान्डर्सबाट सुरु भएको थियो । जसले ८० वर्षभन्दा बढी पहिले रेसिपी बनाएका थिए । आज पनि १४५ देशमा २६ हजार रेस्टुरेन्ट स्यान्डर्सकै रेसिपीको पालना छ ।



प्रतिक्रिया दिनुहोस्