Logo

न्यायाधीश नभएपछि सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित



काठमाडौं,७ असोज । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ।

मुद्दाको अन्तिम छिनोफानोका लागि पेसी तोकिएपछि भइरहँदा काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै सुनुवाइ स्थगित गरेको हो। न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् ।

सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् । ४३ न्यायाधीशको दरबन्दी स्वीकृत भई ३५ न्यायाधीशको कोटा रहेको काठमाडौँ जिल्ला अदालतमा आइतबार १८ न्यायाधीश मात्रै उपस्थित रहेका थिए । सन्दीपको मुद्दाको मिसिल रहेको फाँट नम्बर २८ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि आइतबार फेरि स्थगितमा परेको हो ।

सन्दीपको मुद्दामा पेसी तोकिएको आज २९औं पटक थियो । मुद्दाको फैसला पेसी १७औं पटक स्थगित भएको छ । मुद्दा फैसला चरणमा प्रवेश गरेको सात महिना भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot