Logo

एनआरएनए मध्यपुर्व संयोजकमा पुनः राजेन्द्र अर्याल ’जोन’द्वारा उम्मेदवारी घोषणा



साउदी अरव, असोज ८ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौं विश्व सम्मेलन नजिकिँदै गर्दा चुनाबी सरगर्मी बढेर गएको छ । हाल विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषदले अधिवेशन सकेर नयाँ आईसिसि नेतृत्वका लागी अन्तिम तयारीमा रहेका छन । मध्यपुर्वमा रहेका नेपालीहरुका सम्पुर्ण समस्यामा सहकार्य गर्ने बाचा सहित राजेन्द्र अर्याल पुन मध्यपुर्व संयोजकमा चुनावी मैदानमा होमिएका छन ।

केन्द्रको नयाँ नेतृत्वका लागि हुने निर्बाचनका लागी चुनावी सरगर्मी बढ्दै गएको अवस्थामा हाल आइसीसी तथा क्षेत्रीय नेतृत्वका आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन । संघको आगामी निर्बाचनमा मध्यपुर्व क्षेत्रीय संयोजकमा पुनः साउदी अरवबाट राजेन्द्र अर्याल’जोन’ले उम्मेदवारी घोषणा सार्वजनिक गरेका हुन । हाल मध्यपुर्व संयोजकको भूमिका निर्वाह गर्दै आएका अर्यालको चाहनालाई मध्यपुर्ववासी नेपालीले स्वभाविक र सकारात्मक रुपमा समेत लिएका छन । उनी मध्यपुर्वका सम्भावना बोकेका एनआरएनए अभियन्ताका रुपमा चिनिन्छन ।

एनआरएनए साउदीमा स्थापना देखी नै सक्रिय अर्यालले संघमा शालिन,क्षमतावान र कर्मशील अभियन्ताको छवि बनाउदै आएका छन । उनी एनआरएनए साउदीको संस्थापक सदस्य लगाएत विभिन्न पदमा रहेर एक कार्यकाल सफल मध्यपुर्व संयोजक भएर आफ्नो कार्यकाल सम्पन्न गरिसकेका छन ।

उनले एनआरएनए अभियानमा मध्यपुर्व क्षेत्रीय संयोजक रही क्षेत्रीय बैठक ओमानमा भब्य कार्यकम गरेर सम्पन्न गराएका थिए । उनले उक्त सम्मेलन मार्फत एनआरएनएको मुद्दाहरूलाई संस्थागत गर्दै सम्बधित निकायमा सम्म पुर्याउन उल्लेखनीय भूमिका खेलेका थिए । अर्याल बिभिन्न पदमा रहेर काम गर्दा मध्यपुर्वका नेपाली मात्र नभइ सिंगो गैरआवासीय नेपालीको मनमा बस्न सफल भएका छन ।

सामाजिक हित र संस्थालाई मजबुत बनाउन जस्तोसुकै त्याग गर्न तयार अर्याल सबै शुभचिन्तक,साथि भाई र एनआरएनए अभियन्ताहरुसँगको छलफलपछी आफुले पुनः मध्यपुर्व संयोजकमा उम्मेदवारी दिएको बताउछन । संघलाई विश्वभरका नेपालीको साझा सँस्थाको रुपमा अघि बढाउन,गैरआवासिय नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्दता, पर्यटन प्रर्वद्धन र विदेशमा रहेका नेपालीबाट स्वदेशमा लगानी गर्ने बाताबरण जुटाउन पहल गर्ने, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको सुनिस्चितालगायतका बुँदाहरु अर्यालले चुनावी एजेण्डामा अघि सारेका छन ।

केही समयपछि अर्यालले आफ्नो प्रमुख चुनावी एजेण्डा पनि सार्वजनिक गर्ने बताए । अर्याललाई निर्विरोध मध्यपुर्व संयोजक बनाउन एनआरएनए अभियन्ताहरु सकृय रहेका छन । हुन त मध्यपुर्वका सबै एनसिसीहरुमा निर्विरोध नयाँ नेतृत्व आएकाले मध्यपुर्व क्षेत्रमा पनि निर्विरोध नेतृत्व चयन हुने मध्यपूर्वका पुराना एनआरएनए अभियन्ताहरु बताउछन । अहिले सम्म अर्याल र युएईका रमेश श्रेस्ठको मध्यपुर्व संयोजकमा उम्मेदवारी परेको छ ।

घोषणा पत्र:
१) राहत तथा उद्धार कार्यमा सदैव तत्पर रहँदै स्वदेश फर्कने नेपालीहरूलाई पुनःस्थापनको लागि नेपाल सरकार र सरोकारवाला संग समन्वय गर्नेछु ।

२)बैदेशिक रोजगार ऐन २०६४ लाई पुर्ण रुपमा कर्यान्वयन गर्न/गराउन सरोकारवालाहरु संग पहल गर्नेछु ।
३) सामाजिक सुरक्षा कोषमा आबद्ध हुनलाई सम्पुर्ण आप्रवासी नेपालीहरुलाई सहजीकरण गर्नेछु ।
४) अन्य सामाजिक संघ/संस्था संग मिलेर सहकार्य गर्नेछु ।
५) अन्तर्राष्ट्रिय समन्वय परिषद र मध्यपूर्वका एन सि सि हरुसंग सहकार्य गरेर कार्य योजना बनाई कार्यदिशा तय गर्नेछु ।
६) मध्यपूर्वबाट पर्यटकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्न पर्यटन प्रबर्द्धनका कार्यक्रमहरुको आयोजना गर्नेछु ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot