Logo

प्रधानमन्त्री दाहालको चीन भ्रमण : नेपाल र चीनबीच विभिन्न १३ बुँदे समझदारीमा हस्ताक्षर (तस्विरसहित)



काठमाडौं, ८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा नेपाल र चीन सरकारबीच विभिन्न १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाली र चिनियाँ अधिकारीबीच चीनसँग सडक पूर्वाधार, विद्युत, कृषि लगायतका परियोजनालगायतमा आज समझदारी भएको हो ।

चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा उक्त सहमतिमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री दाहाललाई चीनले गार्ड अफ अनर पनि दिएको छ । तस्विर : प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot