Logo

एमाले कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त



काठमाडौं,८ असोज । नेकपा एमालेले कोशी प्रदेशको संसदीय दलको सचेतकमा कमला दर्नाललाई नियुक्त गरेको छ । दर्नाल तेहथुमबाट समानुपातिक पद्धतिमार्फत गएको प्रदेश सभा निर्वाचनमा निर्वाचित भएकी थिईन् ।

यसअघि सचेतक रहेकी भोजपुरकी सिर्जना राई मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सामाजिक विकास राज्यमन्त्री नियुक्त भएपछि सचेतकको पद रिक्त थियो । रिक्त रहेको सचेतकमा आज दर्नाललाई नियुक्त गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्