Logo

केन्द्रीय समितिमा चन्द्र भण्डारीको प्रश्नः सुवास नेम्वाङको अन्त्येष्टि गर्न तीन दिन कुर्नुपर्‍यो भने अरु नेपालीको अवस्था के होला?



काठमाडौं,८ असोज । नेपाली कांग्रेसका सांसद् डा.चन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दिनप्रति दिन बढ्दै गईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै भण्डारीले पटक पटक सांसद, सभामुख र मन्त्री भईसकेको नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङको दाहसंस्कार गर्न छोराहरु विदेशमा भएको कारण तीन दिन कुर्नुपरेको बताउँदै यस्तै अवस्था रहे अन्य नेपालीको हाल के होला भन्दै प्रश्न गरे । ‘सभामुख र पटकपटक मन्त्री भइसक्नुभएका सुवास नेम्वाङ, जसका जसका दुवै छोरा विदेशमा हुनुहुन्थ्यो । जसका कारण दाहसंस्कार गर्न पर्खिनुपर्यो । अरु नेपालको अवस्था के होला ?,’ भण्डारीले प्रश्न गरे ।

संविधान सभाका अध्यक्ष, पूर्व सभानमुख तथा एमाले उपाध्यक्ष नेम्वाङको गत भदौं २६ गते ७१ वर्षको उमेरमा निधन भएको थियो । दुबै छोरा विदेश भएको कारण उनको २८ गतेमात्रै अन्त्येष्टि गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot