Logo

मेयर बालेनको स्टाटसपछि ईः ईः को प्रतिक्रिया : मेयर यहाँ आउनुभएको होईन



काठमाडौं, ८ असोज । अभियन्ता ईः ईः ले आफूहरुलाई भेट्न काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह नआएको स्पष्ट पारेका छन् । यसअघि मेयर बालेनले आफूले अभियन्ताहरु बसेकै ठाउँमा गएर वार्ताको लागि आह्वान गरेको टिप्पणी गरेका थिए । त्यसलत्तगै ईः ईःले आफ्नो फेशबुकमार्फत मेयरको उक्त भनाईको खण्डन गरेका छन् ।

मेयरको प्रतिक्रियापछि अभियन्ता ईः ईःले फेशबुकमा लेखेका छन्-

मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करीब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए – “त्यसोभए मेयरले भेट्दैन!”

यसअघि मेयर शाहले लेखेका थिए-

बिगत केही दिन देखि केही अभियनताहरु आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र समस्या सुनौं भन्दा अभियनताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के बार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने ?



प्रतिक्रिया दिनुहोस्