Logo

सहमति नभए निर्वाचनमार्फत नेतृत्व छनोट हुन्छः उपाध्यक्ष शाक्य



काठमाडौं,८ असोज । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा छनोट हुनेमा आशावादी रहेको बताएकी छन् ।

आजबाट सुरु एमाले बागमती प्रदेशको प्रथम अधिवेशन उद्धघाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्रीसमेत रहेकी शाक्यले कसेसम्म सर्वसम्मरुपमा नेतृत्व चयन हुने र नभए लोकतान्त्रिक पद्धतिमार्फत नेतृत्व चयन हुने बताईन् ।

‘यो अधिवेशनबाट नयाँ नेतृत्व निर्माणको कुरा गर्दा पहिलो सहमति नै हो’, उपाध्यक्ष शाक्यले भनिन्, ‘सहमति भएन भने लोकतान्त्रिक विधिबाट स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्छ ।’ उनले एमालेभित्र विचार र पद्धतिको नेतृत्व आवश्यक रहेको पनि बताइन् ।

एमालेको प्रदेश अध्यक्ष बन्न नेताहरु कैलाश ढुंगेलसहित कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, रचना खड्का र सानुकुमार श्रेष्ठले दाबी गर्दै आएका छन् । एमालेको विधानमा प्रदेश अध्यक्ष पदेन पोलिटब्यूरो हुने व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot