Logo

माल्दिभ्सलाई हराउँदै नेपाल यू-१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश



काठमाडौं,८ असोज । नेपाल यू -१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौंमा आज भएको दोस्रो खेलमा माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपाललाई जिताउन प्रशान्त लक्समले १६औं, समीर तामाङले २९ र निराजन धामीले ८८औं मिनेटमा गोल गरे । भने माल्दिभ्सका तर्फबाट ५७औं मिनेटमा एक गोल आएको थियो । इन्ज्युरी समयमा समिरले व्यक्तीगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे। दिपक थापामगरको क्रसमा समिरले हेडर गोल गरे।

योसँगै समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot