Logo

‘प्रधानमन्त्री जातीय राज्य दिन्छु भन्छन्, उनकै सांसद संसद्‍मै आएर गोरु काटेर खान पाइन्छ भन्छन्’



काठमाडौं,८ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । सानेपामा रहेको बीपी स्मृति भवनमा ४ दिनदेखि जारी बैठकमा सदस्यहरुले आ -आफ्नो धारणा राखिरहेका छन् ।

सोमबारको बैठकमा बोल्दै केन्द्रीय सदस्य सरिता प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय हिंसा भड्किनेगरि अभिव्यक्ति दिएको भन्दै आलोचना गरेकी छन् । उनले देशमा सामाजिक र जातीय हिंसा भड्किने खालको गतिविधि भएको भन्दै सचेत गराएकी छन् ।

‘अस्ति मात्रै राज्यव्यवस्था समितिमा प्रहरी प्रमुखहरुले जातीय र धार्मिक आन्दोलनका लागि वडा वडामा समिति बनाएको खुलेको छ बताएका थिए’, उनले भनिन्, ‘उहाँहरु पूजा गर्नका लागि गठन गरिएको कमिटी हो भन्नु हुँदो रहेछ। तर खासमा गाईगोरु काटेर खान बनाइएको रहेछ।’

प्रसाईंले प्रधानमन्त्री प्रचण्डले जातीय राज्य दिन्छु भन्दै हिडेको र उनकै दलका सांसदहरुले सदनमै गाईगोरु खाने पाउनुपर्ने आवाज उठाएको भन्दै आपत्रि जनाईन् । केहि दिनअघि संसदीय समितिमा बोल्दै माओवादी केन्द्रकी सांसद दुर्गा राईले गाईको मासु खान पाउनुपर्ने बताएकी थिइन् । जसको तीव्र आलोचना भईरहेको छ ।

प्रधानमन्त्री मलाई भोट हाल्नु, म तपाईंहरुलाई जातीय राज्य दिन्छु भन्छन्’, उनले भनिन्, ‘अनि उनकै सांसद संसद्‍मै आएर गोरु काटेर खान पाइन्छ भन्छन्। देशलाई प्रधानमन्त्रीले कता लैजान खोज्दै छन्’



प्रतिक्रिया दिनुहोस्