Logo

हिम्मत भए गिरिबन्धुको फाइल खोलेर कारबाही गर्न सरकारलाई केपी ओलीको चुनौती



काठमाडौं,८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा रहेको गिरीबन्धु टि स्टेट्सको फाइल खोल्न चुनौती दिएका छन् ।

एमाले बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले उक्त प्रकरणको फाइल खोलेर हिम्मत भए एमाले नेताहरुलाई जेलमा हाल्न सरकरालाई चुनौती दिएका हुन् ।

‘प्रधानमन्त्रीले गिरिबन्धुको फाइल खोल्छु भन्नुभयो, गठबन्धनका को–को जेल जान मन छ, जानुस् । (हामीलाई) फाइलसँग कुनै त्रास छैन, फाइल खोल, कारबाही गर,’ ओलीले भने ।

ओली प्रधानमन्त्री रहेको समयमा झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टासम्बन्धी कानूनी प्रबन्ध तयार भएको थियो । तर, ओलीले गिरिबन्धुको फाइलसँग एमालेको त्रास नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्