Logo

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त



काठमाडौं, असोज ९ । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन् । कोष सञ्चालक समितिले अधिकारीलाई सोमबार कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा गठित उपसमितिले कार्यकारी निर्देशकका लागि अधिकारीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उपसमितिमा नेपाल उद्योग परिसंघका तर्फबाट गोकुल भण्डारी र ट्रेड युनियन प्रतिनिधि सुनिता थापा सदस्य थिए ।

उपसमितिले अधिकारीसहित, लीलाराज ढकाल र अशोक पौडेललाई कार्यकारी निर्देशकका लागि सिफारिस गरेको थियो । उपसमितिबाट सिफारिस भएका तीन जना मध्येबाट अनुभव, उनीहरुले पेस गरेको व्यावसायिक कार्ययोजना र नेतृत्व गर्ने क्षमता समेतलाई मूल्यांकन गरी सञ्चालक समितिले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । कार्यकारी निर्देशकको पदावधि ४ वर्षको रहनेछ । उनी

राष्ट्रिय वाणिज्य बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट एक वर्षअघि सेवानिवृत्त अधिकारी पेसाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।



प्रतिक्रिया दिनुहोस्