Logo

ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू ग-यो वन स्किल रिटेक



काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र सीपमा दोहो¥याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ । यो सुविधा शुरू भएसँगै अब पहिलो पटकको परीक्षामा सोचेअनुरुप नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका सीपमा दोहो¥याएर परीक्षा दिनुपर्ने झन्झट हटेको ब्रिटिश काउन्सिलका आईईएलटीएस निर्देशक एन्ड्रियु म्याकेन्जीले बताए ।

‘वन स्किल रिटेक’मा आईईएलटीएस परीक्षाको एउटा खण्डको मात्रै दोहो¥याएर परीक्षा दिन पाइने भएकाले विद्यार्थीहरूले सफल हुने मौका पाउने छ । सम्भावना बढ्नेछ । सुनाइ, पढाइ, लेखाइ र बोलाइ जुनसुकै सीपको परीक्षामा पनि यो अवसर प्राप्त हुने ब्रिटिश काउन्सिलले जनाएको छ ।

परीक्षाको ढाँचा र समय सामान्य आईईएलटीएस परीक्षामा व्यक्तिगत सीप जाँचे कै स्वरूपको रहनेछ । विगतमा जस्तो परीक्षार्थीहरूले अन्य तीन सीपको परीक्षा दिन आवश्यक नहुने पनि बताइएको छ । जसले गर्दा विद्यार्थाीको समयको बचत हुने दावी छ । आईईएलटीएस प्रयोगकर्ताहरूले दिएको सुझाव र प्रतिक्रियाका आधारमा नयाँ फिचर शुरू गरिएको पनि ब्रिटिश काउन्सिलका आईईएलटीएस निर्देशक एन्ड्रियु म्याकेन्जीले बताए । ‘उपयुक्त तयारी र सहायता भयो भने हाम्रा परीक्षार्थीहरूले परीक्षामा उत्कृट अंक हासिल गर्न सक्छन् भन्नेमा हामी विश्वस्त छौं,’ म्याकेन्जीले भने ।

आईईएलटीएस वन स्किल रिटेकले ‘परीक्षार्थीहरूलाई आफ्नो पूर्ण क्षमता अनुसारको अंक हासिल गर्न सघाउने पनि म्याकेन्जीको दावी छ । आईईएलटीएस वन स्किल रिटेक दिन जाहने परीक्षार्थीहरूले दोस्रो परीक्षा रिपोर्ट फारम पाउनेछन् । यसलाई बसाइसराइँ वा अध्ययनको प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । पाएको अंकका आधारमा परीक्षार्थीहरूले दोहो¥याएर दिएको सीप परीक्षामा पुरानो वा नयाँ रिपोर्ट कुन प्रयोग गर्ने भनेर रोज्न सक्नेछन् । आईईएलटीएस वन स्किल रिटेकका लागि शुरूको परीक्षा दिएको ६० दिनभित्रको म्याद लिन सकिनेछ । ब्रिटिश काउन्सिल आईईएलटीएस अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली हो । आईईएलटीएस विदेशमा उच्च अध्ययन तथा आप्रवासनको प्रयोजनमा विश्वमा सबैभन्दा लोकप्रिय अंग्रेजी भाषाको दक्षता जाँच गर्ने परिक्षा पद्दती हो । विश्वभर ११ हजार ५ सय भन्दा धेरै संघसंस्थाहरूले आईईएलटीएस मार्फत आफ्नो भाषा परिक्षा दिने गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्