Logo

अब निःशुल्क कम्पनी दर्ता गर्न पाईने



काठमाडौं, ९ असोज । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि निःशुल्क कम्पनी दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

आर्थिक ऐन २०८० को दफा १८ मा भएको व्यवस्था बमोजिम मन्त्रालयले हिजो (सोमबार) राजपत्रमा सूचना प्रकाशित गरेपछि यो निमय लागू भएको हो ।

आजदेखि कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम पाइभेट लिमिटेड कम्पनी, पब्लिक लिमिटेड कम्पनी संस्थापना गर्न र दर्ता भइसकेको कम्पनीले पुँजी वृद्धि गर्दा शुल्क तथा दस्तुर लाग्ने छैन ।

साथै, विदेशी कम्पनीको शाखा कार्यालय तथा सम्पर्क कार्यालय दर्ता गर्दा, मुनाफा वितरण नगर्ने गरी कम्पनी संस्थापना गर्दा लाग्ने शुल्क तथा दस्तुरसमेत नलाग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot